काठमाडौं - अम्बे स्टिलसको आयोजना तथा ‘हाफ एण्ड फुल’ टेक्नोलोजिको अगुवाईमा आर्ट एक्जिविशन सम्पन्न भएको छ ।
हिजो सम्पन्न भएको कार्यक्रममा विभिन्न उमेर समूहका ६० भन्दा बढीको सहभागीता रहेको आयोजकले जनाएको छ । सहभागीहरुले हाले पेन्ट गरेका विभिन्न प्रकारका कलाहरुबिच प्रतिस्पर्धा गराइएको थियो ।
उनीहरुलाई पेन्ट गर्नका लागि ‘स्ट्रेन्थ’ थिम दिइएको थियो । उक्त पेन्टहरुमध्येबाट उत्कृष्ट तीनवटालाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । उत्कृष्ट १२ वटा पेन्टलाई अम्बे स्टिलसले प्रकाशित गर्ने २०७९ सालको क्यालेन्डरमा प्रकाशित गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया