काठमाडौं - एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले फागुन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया सेलेक्ट–३० ९इन्डेक्स फन्ड०, डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण सार्वजनिक भएको छ ।
जसअनुसार यी ४ वटै योजनाका प्रति इकाइ खुद सम्पत्ति मूल्य (न्याभ) माघको तुलनामा फागुनमा घटेको छ।
सेलेक्ट–३० (इन्डेक्स फन्ड)
फागुनमा सेलेक्ट–३० (इन्डेक्स फन्ड) को न्याभ घटेर १०.१४ रुपैयाँमा झरेको छ। गत माघमा १०.२४ रुपैयाँ रहेको थियो । यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयरमा लगानी २५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
गत माघ यस्तो लगानी २६ करोड ४१ लाख रुपैयाँ रहेको थियो। कुल लगानी भने फागुनसम्म ४३ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो योजनाले फागुनमा २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत माघ ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
डाइनामिक डेप्ट फन्ड
यसैगरी फागुनमा डाइनामिक डेप्ट फन्डको न्याभ घटेर १०.९५ रुपैयाँमा झरेको छ । गत माघमा १०।९९ रुपैयाँ रहेको थियो । यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयरमा लगानी ९ करोड ७२ लाख रुपैयाँ र ऋणपत्रमा २० करोड रुपैयाँ बढी रहेको छ ।
गत माघ यस्तो लगानी क्रमशः १० करोड ३ लाख रुपैयाँ र १९ करोड ७१ लाख रुपैयाँ रहेको थियो । कुल लगानी भने फागुनसम्म ३८ करोड ५८ लाख रुपैयाँ रहेको छ । यो योजनाले फागुनमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत माघ ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
ग्रोथ फन्ड
फागुनमा ग्रोथ फन्डको न्याभ घटेर १४.९५ रुपैयाँमा झरेको छ । गत माघमा १५.४२ रुपैयाँ रहेको थियो । यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयरमा लगानी ८३ करोड ४४ लाख रुपैयाँ र ऋणपत्रमा ६ करोड ३७ लाख रुपैयाँ बढी रहेको छ ।
गत माघ यस्तो लगानी क्रमशः ८३ करोड ९३ लाख रुपैयाँ र ६ करोड ३७ लाख रुपैयाँ रहेको थियो । कुल लगानी भने फागुनसम्म १ अर्ब १० करोड रुपैयाँ बढी रहेको छ । यो योजनाले फागुनमा ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत माघ ४२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
ब्यालेन्सड् फन्ड
त्यस्तै फागुनमा ब्यालेन्सड् फन्डको न्याभ घटेर १३.९३ रुपैयाँमा झरेको छ । गत माघमा १४.२७ रुपैयाँ रहेको थियो । यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयरमा लगानी ६२ करोड ३७ लाख रुपैयाँ र ऋणपत्रमा १५ करोड ४२ लाख रुपैयाँ बढी रहेको छ ।
गत माघ यस्तो लगानी क्रमशः ६२ करोड ५६ लाख रुपैयाँ र १५ करोड ४२ लाख रुपैयाँ रहेको थियो । कुल लगानी भने फागुनसम्म ९१ करोड ७९ लाख रुपैयाँ रहेको छ । यो योजनाले फागुनमा २८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत माघ ३० करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
प्रतिक्रिया