२० प्रतिशत लाभांश अनुमोदन गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो १३औँ वार्षिक साधारण सभा डोकेको हो ।

सभा आउँदो वैशाख १० गते काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

सभाले एफपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

एफपीओ र बोनस सेयर जारीपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसको अर्थ यही चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया