प्राइम लाइफको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

४ बर्ष अगाडि

काठमाडौं - इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर परिमार्जन गरेको छ । कम्पनीले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरेको छ। 

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको छ । 

कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । 

यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

यसैबीच कम्पनीले आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभउमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया