सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा ४ लाख ६५ हजार मृत्यु बीमा दावि भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दावी भुक्तानी गरेको छ । 

कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले मृतकको नाममा शोक सभा आयोजना गरी ४ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी अशोक पासवानले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । 

उनको केही समयअघि निधन भएको थियो । कम्पनीले हिजो एक शोक सभाकै आयोजना गरेर मृतकका आश्रित परिवारलाई दावी भुक्तानी गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया