काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९.५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रतिक्रिया