काठमाडौं - मेट लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७७/०७८ मा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भएपछि नयाँ बोनसदर सार्वजनिक भएको हो ।
नयाँ बोनस दर अनुसार अधिकतम ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । नयाँ बोनस दर अनुसार सावधिक जीवन बीमा १ देखि १५ वर्ष अवधीको बीमा पोलिसीमा ६० रुपैयाँ प्रति वर्ष प्रति हजार बोनस दर निर्धारण गरिएको छ ।
त्यस्तै, १६ देखि २० वर्ष अवधीका बीमा पोलिसीहरुमा ७० रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँ निर्धारण गरिएको छ भने २१ वा सो भन्दा माथिका बीमा पोलिसीहरुमा ८० रुपैयाँ बोनस दर तोकिएको छ ।
प्रतिक्रिया