काठमाडौं - मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौँको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा स्थापना गरेको छ ।
नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरण मैत्री नहुने भएकाले त्यसलाई विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरिएको हो ।
हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरण मैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरण मैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उद्देश्यले यो कार्यको आरम्भ गरिएको बताएकी छन् ।
प्रतिक्रिया