आजसम्म कायम शेयरधनीले मात्र अपि पावरको एक अर्ब ८ करोड ६० लाखे हकप्रदमा आवेदन दिन सक्ने, कहिलेबाट खुल्छ ?

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडको ०.३९३६ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया