ग्रीन डेभलपमेन्ट बैंकद्धारा लेखापरिक्षकको नियुक्त सँगैपारिश्रमिक निर्धारण

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल बाराही पोखरामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया