एलआइसी नेपालद्धारा १ करोड ६ लाख ७० हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको परिवारलाई मुत्यु दाबी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले भुक्तानी गरेको रकममा बीमा रकम १ करोड  रुपैयाँ र बोनश  ६ लाख ७० हजार रुपैयाँ गरी जम्मा १ करोड ६ लाख ७० हजार रुपैयाँ दिएको जनाएको छ । मृतकले पहिलो वार्षिक किस्तामा बीमा वापत ५ लाख ३८ हजार ९३७ रुपैयाँ भुक्तान गरेका थिए ।

मृतकले कम्पनीमा २०७७ साल असोज ११ गते गरेका थिए । मृतकले ४७ वर्ष हुँदा बीमा गरेका थिए । उनको बीमा अवधि २० वर्ष रहेको थियो । उनको कोरोना संक्रमनको कारण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया