कमाईमा धेरै कीर्तिमान तोडेको आआरआर हेर्न गएका फ्यानको हृदयघातका कारण निधन

३ बर्ष अगाडि

एसएस राजामौली निर्देशित चलचित्र आरआरआर २५ मार्चदेखि सिनेमाघरमा रिलिज भएको छ । यस चलचत्रिमा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन् । 

यसैबीच शुक्रबार बिहान चलचित्र हेर्न पुगेका एक फ्यानको निधन भएको छ । मृत्युको कारण हृदयाघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार मृतकको नाम ओबुलेसु हो र उनी ३० वर्षका थिए । 

ओबुलेसु आन्ध्रप्रदेशको अनन्तपुरको एसवी म्याक्समा चलचित्र हेरिरहेका थिए । तर, लामो समय उनले हलचल नगरेपछि उनीसँगै चलचत्रि हेर्न आएका साथीहरुले उनलाई नजिकैको अस्पताल लगेका थिए । त्यहाँ डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।

प्रिरिलिजको कमाईमा नै थुप्रे कीर्तिमान तोडेको आरआरआरले विश्वभर धमाकेदार ओपनिङ गरिरहेको छ । चलचित्र रिलिज हुनुभन्दा अघि नै चलचित्रले डिस्ट्रीब्युसन, स्याटेलाइट, म्युजिकलगायत राइट बेचेर ८०० करोड भारु कमाइ गरिसकेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया