एजेन्सी - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।
सन्दीपले पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा १३औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै उक्त सफलता हात पारेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरे ।
ओडिआई विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट १९ खेलमा श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पारेका थिए ।
सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पारेका हुन् ।
प्रतिक्रिया