सिद्धार्थ बैंकले कोशी अस्पताललाई ५० लाख वरावरको मेसिन प्रदान गर्ने

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख बराबरको अस्पतालले उपलब्ध गराएको विवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा। यज्ञराज खरेलले हस्ताक्षर गरेका हुन् ।

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने बिरामीहरूको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्‍याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलासिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया