काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न १० कम्पनीको शेयर मूल्य सूचिकृत भएको छ । जसमा ९ कम्पनीको बोनस शेयर र एक कम्पनीको ऋणपत्र सूचिकृत भएको हो ।
१. एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस बापतको २ करोड ४ लाख ७ हजार ४ सय ५१.०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
२. एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३०.३१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
३. नेपाल एसबीआई बैंक
नेप्सेमा नेपाल एसबीआई बैंकको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
४. मञ्जुश्री फाइनान्स
मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
५. पोखरा फाइनान्स
पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
६. वोमी लघुवित्त
वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
७. गणपति लघुवित्त
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७.८२५० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
८. प्राइम लाइफ
प्राइम लाइफको ३६ लाख २५ हजार ५८५.५४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
९. एनआरएन इन्फ्रास्ट्रक्चर
एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले पुस २९ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
१०. नेपाल राष्ट्र बैंक
नेप्सेमा २५ अर्बको ऋणपत्र सूचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ४ वर्ष अवधि भएको २०८२ 'च' नामको १५ अर्ब र ५ वर्ष अवधि रहेको २०८३ 'च' नामको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
प्रतिक्रिया