काठमाडौं - कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको कम्पनीले ५० जना पुरुष र ५० जना महिला गरी जम्मा १०० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ६० हजार बढी पाउनेछ । इच्छुक कामदारले सरोन मेनपावर सर्भिस प्रा लिको करकार्यालय बानेश्वर काठमाडौंमा चैत्र २३ र २४ गते अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया