सिटिजन लाइफ इन्स्योरेन्सद्धारा लेखापरीक्षक नियुक्त सँगैपारिश्रमिक निर्धारण

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले छायांदेबि कम्प्लेक्समा सभा सम्पन्न गरेको जनाएको छ ।

सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरी पारित गरेको छ । सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । 

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया