नेपाली बजारमा केटीएम आरसी २०० को बुकिङ खुल्ला,मूल्य साढे ६ लाख माथि

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा केटीएम आरसी २०० को बुकिङ खुल्ला भएको छ । नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक गोल्छा समुह अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनीले आरसी २०० को बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले नयाँ बर्षदेखि बिक्री सुरु गर्ने तयारी गरेको छ । २०० सीसी क्षमताको इन्जिन दिइएको यो बाइकले १९.५ एनएम टर्क पावर जेनेरेट गर्छ ।

एबीएस सहितको आउने यो बाइकमा ६ स्पिड गियर बक्स, १३ लिटर इन्धन क्षमता लगाएत बिशेषता आरसी २०० मोडलमा दिइएको छ ।

नेपाली बजारमा आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । पुरानो मोडलको तुलनामा नयाँ नयाँ भर्सनको मूल्य १५ हजार रुपैयाँले वृद्धि भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया