काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले अरिकल इभेन्टस प्रालिमा आर्कषक छुट पाउने भएका छन् ।
बैंक र अरिकल इभेन्टस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौतापश्चात काठमाडौको महाराजगन्जस्थित नारायण गोपाल चोकमा रहेको अरिकल इभेन्टसमा महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न खानाका परिकारमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट बिभिन्न जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया