काठमाडौं, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले आथिर्क वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट चैत ६ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । यस्तै सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ बोनस दर कायम गरिएको छ ।
रिलायवल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार १३ रुपैयाँ निरर्धारण गरिएको छ ।
रिलायवल सुलभ जीवन बीमालेखमा २० रुपैयाँ देखि ३७ रुपैयाँ ५० पैसाँसम्म, रिलायवल उच्चशिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्युनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ र रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।
प्रतिक्रिया