काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २२ लाख ९५ हजार २ सय ५४ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।
प्रतिक्रिया