बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई रोडहाउस क्याफे पोखरामा १०% छुट

४ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।      

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया