लक्ष्मी उन्नति कोष नाफा १३ करोड माथि, एनएभी घटेर १२.११ कायम

४ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले फागुन महिनामा १३ करोड २७ लाख नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको खुद सम्पत्ति सम्बन्धी विवरणले यस्तो देखाएको छ । 

यो नाफा माघ मसान्तको तुलनामा भने १६ प्रतिशतले कम हो । फण्डले माघ मसान्तसम्ममा १५ करोड ९४ लाख नाफा कमाएको थियो ।

माघ मसान्तसम्ममा फण्डको कुल आम्दानी १६ करोड रहेकोमा फागुन महिनामा घटेर १४ करोड २५ लाखमा झरेको हो ।

त्यसैगरी नाफासँगै फण्डको एनएभी पनि घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी १२.५२ रहेकोमा फागुन मसान्तसम्ममा १२.११ कायम भएको हो । 

फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा ४६ करोड ९ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा ४९ करोड ३४ लाख रहेको हो  ।

४ बर्ष अगाडि

प्रतिक्रिया