काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको यसअघि स्थगित भएको वार्षिक साधारण सभा आज बस्दै छ । सभा डेलिस ओपेरा रेष्ट्रो, बालुवाटार काठमाडौँमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।
साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि फागुन ३० गतेकालागि तय गरिएको साधारण सभा स्थगित भएको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
यस्तै बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
प्रतिक्रिया