एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, एनएमबि बैंक लिमिटेडले आज (शुक्रवार) देखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो ।

यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कर्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाइ छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया