काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयरमूल्य ३ हजार रुपैयाँ शेयर मुल्य कायम गरेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य ५ हजार १०० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य १ हजार २२० रुपैयाँ ८३ पैसा तोकेको छ । कम्पनीको बिहीवार १ हजार ४६५ रुपैयाँ अन्तिम कारोबार भएको छ ।
जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया