काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा करिब १६ लाखले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा १५ लाख ९२ हजार ७६३ जना आवेदकबाट एक अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको एक करोड ९५ लाख ३४ हजार ५७० कित्ता शेयर माग गरेको हो ।
यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ६.८० गुणा बढी हो ।
कम्पनीले मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले निष्काशन गरेको आईपीओ माग भन्दा बढी आवेदन परेकोले भोली चैत ११ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।
प्रतिक्रिया