काठमाडौं, साउदी अरबको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । साउदीको HAMED ABDULLAH BIN SULAIMAN AL-MANEA AND TRADING CO.कम्पनीले ३७ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३२ हजार देखि ५८ हजार बढि पाउनेछ । इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रा.लि.कार्यालय बालुवाटार काठमाडौंमा चैत्र १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया