काठमाडौं- भारतका चर्चित अभिनेता सलमान खानसहित बलिउडका अन्य चर्चित कलाकार पनि नेपाल आउने भएका छन् । उनीहरु आगामी जेठ १४ गते नेपाल आउँदैछन् ।
दशरथ रंगशालामा सांगीतिक कार्यक्रमको आयोजना गरिनेछ । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।
सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रममा भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकबापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ लिनेछन् ।
सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् ।
उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । सो कार्यक्रममा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।
प्रतिक्रिया