काठमाडौं, साताको अन्तिम कारोबारको दिन(बिहीबार) शेयर बजार १६.६९ अंकले घट्न पुगेको छ । आज शेयरबजारमा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार हुन पुगेको छ ।
आज ३ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । लघुवित्तको आज एकैदिन ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल टेलिकमको २३ करोड ५० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ३१ लाख, अपि पावरको १० करोड ३३ लाख र गुराँस लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया