काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर घटेको छ । बाँकी २ वटा उपसमूहको शेयर बढेको छ । लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स बढेको हो ।
बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ३० करोड ६३ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र युनाइटेड इदी मर्दीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य्र ४.६७ प्रतिशतले घटेर ६ सय ३३ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया