ओरालो लागेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक,३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १६.६९ अंकले घटेको छ । सो अंकले नेप्सेमा गिरावट आउँदा परिसुचक २६१३.६७ को बिन्दुमा पुगेको छ ।

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ राष्ट्र जनउत्थानका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज १० प्रतिशतका दरले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८१९.५० पुगेको छ । 

यस्तै ,इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७६०.७० पुगेको छ । 

युनाइटेड इदि मार्दीको शेयरमूल्यको ९.९३ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९९६ पुगेको हो ।

अन्य कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया