काठमाडौं - समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधि र सेगमेन्ट डिपोजिट अफिसरका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै पोखरा, काठमाडौं, बुटवल, चितवन र हेटौँडा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जानकारी गराएको छ । इच्छुक आवेदकको योग्यता एसएलसी तथा एसईई उत्रिर्ण गरेको हुनुपर्ने छ ।
यस्तै आवेदकको उमेर हदबन्दी १८ वर्ष पुरा भएको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया