निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल भए लाभ एमालेलाई हुन्छ : योगेश भट्टराई

३ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।
 
एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । 

साथै उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट पारे । उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया