काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ ।
कम्पनीले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ ।
प्रतिक्रिया