आज संसदमा तनावको पूरै तयारी, भिडन्तको खतरा

७ बर्ष अगाडि

काठमाडौं–आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस तनाव निम्त्याउने तयारीमा छन् । 
सोमबार र मंगलबारका ५ बैठक काँग्रेस अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको हो । 
शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर काँग्रेस जुनसुकै हालतमा पनि रोक्ने योजनामा छ । 
मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने दुबै पक्षका सांसदहरुले संकेत दिएका छन् । 
आजको नयाँ पत्रिका दैनिकमा यसबारे खबर छ । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया