उपकार लघुवित्तले २ करोड ६६ लाख बढिको आईपीओ निष्कासन गर्ने, दियो बोर्डले अनुमति

४ बर्ष अगाडि

काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो ।

लघुवित्तले सर्वसाधणमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई चैत ७ गते आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले कुल पूँजीको ३६ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। 

लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया