काठमाडौं - हकप्रद निष्कासनको अनुमति पाएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौं कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई प्रर्ण अख्तियारी प्रदान गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सोही सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट १ जना गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया