काठमाडौं - मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार भएका एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार भएका थिए ।
फरार भएका जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र रु एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो ।
अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो ।
प्रतिक्रिया