नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आउँदो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ । 

ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ । सम्भवतः आउँदो साता आइतबार वा सोमबारसम्म नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरण हुन सक्ने क्यापिटलले जनाएको छ । 

आउँदो आइतबार वा सोमबार नेष्डो समृद्ध लघुवित्तको आईपीओमा नेप्सेमा सूचीकृत भएमा आगामी साताबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया