काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालनअधिकृत अपूर्व प्रसाद जोशी र मेराकि हेल्थ सोलुशनको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार मेराकि हेल्थ सोलुशनले बैंकका कर्मचारी, ग्राहकमहानुभाव तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा लगायतका माग अनुसार अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ ।
स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने बैंकले बताएको छ ।
प्रतिक्रिया