काठमाडौं - नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गते बुकक्लोज गर्दैछ ।
त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ ।
यस अघि कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेको थियो ।
प्रतिक्रिया