काठमाडौं, यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयले प्रदान गर्ने अनिश्चतकालका लागि सबै सेवा बन्द हुने भन्ने आफ्नो सूचना संशोधन गरेको छ ।
विभागले बुधबार दोस्रो पटक सूचना जारी गर्दै विद्युत आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार साझँ ५ बजे (चैत ९गते) देखि बिहान ६ बजे (चैत १० गते) सम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।
यस अघि भने यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार (चैत ९ गते) साझँ ५ बजेदेखि समस्या समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने जनाएको थियो ।

प्रतिक्रिया