काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओमा झण्डै ११ लाख जनाले आवेदन दिएका छन्।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा १० लाख ७१ हजार ५५२ जना आवेदकबाट १ अर्ब ३३ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ९ हजार ३९० कित्ता शेयर माग भएको हो ।
कम्पनीले मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले निष्कासन गरेको आईपीओ पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले चैत ११ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।
प्रतिक्रिया