काठमाडौं, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ७ गते उपकार लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति पाएसँगै संस्थाले १०० अंकित दर २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ।
संस्थाको यो आईपीओ चुक्तापुँजीको ३६ प्रतिशतबराबरको हुनेछ। संस्थामा ६४ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता संस्थापक समूहको रहेको छ।
यो आईपीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया