प्रभासको फिल्म ‘राधे श्याम’ बक्सअफिसमा पछारियो

३ बर्ष अगाडि

काठमाडौं, साउथ फिल्मका सुपरस्टार प्रभासको फिल्म ‘साहो’ बक्सअफिसमा पछारिएको थियो । अब अर्को फिल्म ‘राधे श्याम’ पनि डुबानमा परेको छ । 
 
भारु २ सय करोडको बजेटमा बनेको यो फिल्मले लगानी पनि नउठाउने देखिएको छ । फिल्मले संसारभरबाट अहिलेसम्म १ सय ४० करोडको व्यापार गरेको छ । दिन प्रतिदिन फिल्मको व्यापार ओरालो लागिरहेको छ । निर्माताले एक पोस्टर जारी गर्दै फिल्मले पहिलो हप्ता १ सय ५० करोडको कमाई गरेको दाबी गरेका थिए । तर, ट्रेड एनालिस्टले भने यो आँकडालाई गलत भनेका छन् ।
 
हिन्दी र तमिल भाषामा रिलिज भएको फिल्मलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । फिल्ममा प्रभासको अपोजिटमा पूजा हेगडेको अभिनय छ । ‘राधे श्याम’ रिलिजसँगै प्रभास अर्को तेलुगु(हिन्दी फिल्म ‘सालार’को तयारीमा जुटेका छन् । यो फिल्मलाई ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गर्दैछन् । ‘सालार’ले प्रभासको करिअरलाई राहत दिन सक्ने विश्लेषण गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया