काठमाडौं, जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि(बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २५ गते बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङगमा बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया