काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ ।
कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
बैंकले पौष ७ गतेबाट माघ १२ गतेसम्म १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सोही हकप्रद नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया