काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
२ अर्बमाथिको कारोबार हुँदा एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै,जीवन विकास लघुवित्तको ८ करोड ४० लाख २३ हजार ३३६ रुपैयाँको कारोबार भएको हो ।
यसैगरी, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख, नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँ र अपि पावरको ६ करोड १० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया