काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । तय गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेको छ । नेप्से ०.७७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर घटेको छ । बाँकी २ वटा उपसमूहको शेयर बढेको छ ।
बुधबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ४५ रूपैयाँ पुगेको छ । यस्तै, इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय ९१ रूपैयाँ ६० पैसाा पुगेको छ ।
यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ३.५८ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया